WELCOME EVERYONE (edited 09/25/09)

Its all about ur and mine opinions and some facts. So email me any articles if u have at cosmic_kalyan@hotmail.com
Kalyan Bhai

NIHITA , PREM AND ROJAI

निहिता, प्रेम र रोजाइ
प्रतिमा विवश र्राई
'खराब मानिसलाई सुधार्ने मुख्य औषधी हो प्रेम ।' महात्मा गान्धीको यो भनाइ सा“च्चै निहिता विश्वासले आत्मसात गरेकै हुन् त - २० वर्षी युवतीले आफूभन्दा ४४ वर्षजेठो पुरुषलाई प्रेमीको रूपमा स्वीकारी बिहे गर्न हतारिनु निश्चय स्वाभाभिक कुरा होइन । त्यसो त दुनिया“मा प्रेम सधैं स्वाभाविकमात्र भएको कहा“ छ र - भनिन्छ, प्रेम गरि“दैन, आफैं हुन्छ । आखिर प्रेम गर्नु पाप त होइन । एक कुख्यात अपराधीलाई अपराधी होइन भनेर प्रेमले चोख्याउन खोज्नु महापाप हो । प्रेम मानिसको निजी कुरा हुन् ।
चार्ल्स शोभराजको नाम अपराधीको रूपमा र्सार्वजनिक भएको हो । आफूभन्दा ४४ वर्षजेठो त्यसमाथि अपराधीको रूपमा सावित भइसकेको शोभराजलाई प्रेमीको रूपमा निहिता स्वयम्ले खुलेआम स्वीकार्नु स्वाभाविकभन्दा रहस्यमय बन्दै गएको छ । कुख्यात अपराधीको रूपमा 'मोस्ट वान्टेड' सूचीमा राखिएको हत्याको अभियुक्त पmान्सेली नागरिक हुन्- शोभराज । जो पर्ूर्वी एसियामा मात्रै एक दर्जनभन्दा बढी व्यक्तिहत्याको अभियोग लागिसकेको व्यक्ति हुन् । चोरी र डकैतीको पनि आरोप छ । अफ्गानिस्तानको जेलबाट छुटकारा पाएपछि हाल पmान्समा बस्दै आएकी उनकी श्रीमती क्यान्थेनलाई समेत अपराधी बनाइसकेका ३८ वषर्ीया छोरीको पिता हुन् शोभराज ।
दशैंमा शोभराज र निहिताको बिहे जेलभित्रै भएको कुराले मिडियामा राम्रै ठाउ“ पायो । त्यसो त गत जुलाईमा निहिताले शोभराजस“ग जेलभित्रै औंठी लगाएको कुराले राम्रै चर्चा पाएको थियो । निहिता र शोभराज प्रेमप्रकरणभित्र दुवैको स्वार्थ लुकेको छ । निहिता र शोभराजभित्रको प्रेमभित्र डरलाग्दो सम्झौता लुकेको छ । शोभराजस“ग प्रेम र विवाहको नाटक गरी सम्पत्ति र पmान्स जाने उपाय हो- निहिताको । अनि शोभराजको मुख्य उद्देश्य निहितालाई माध्यम बनाएर जेलमुक्त हुने षडयन्त्र हो ।
शोभराज जेलमुक्त भइहाले पनि विवाहपछि निहितामाथि शोभराजले पुरानै घटना नदोहोराउलान् त - हत्या गर्न अभ्यस्त भएका अपराधी मनस्थितिका शोभराजस“ग बिहे गर्दा के निहिता सुरक्षित हुन्छिन् - मानिसबाट गल्ती हुनसक्छ र त्यस गल्तीबाट प्रायश्चित गर्दै सुध्रिनु ठूलो कुरा हो । शोभराजले उनको जीवनमा गरेको दर्जनौं गम्भीर प्रकृतिका गल्तीबाट न कहिल्यै प्रायश्चित गरेका छन्, नत सुध्रिनैसके । त्यसो हु“दो हो त किन उनी पटक-पटक जेल पर्थे - यस अर्थमा के निहिताकै प्रेमले उनी सप्रिन्छन् त -
मानिसलाई काम, क्रोध, लोभ, मोह र अहंकारले जे पनि बनाउन सक्छ र मान्छे बन्न तयार पनि हुन्छ । निहितालाई कुन कुराले आफू भन्दा ४४ वर्षजेठो एक कुख्यात अपराधी पुरुषस“ग प्रेम गर्न प्रेरित गरायो - यसको सा“चो जवाफ त निहितामात्र दिन सक्छिन् । मेरो विचारमा निहिताजस्तो नवजवान युवती जो शिक्षित र सुन्दरी छिन् । आफ्नो भविष्य र क्यारियरलाई अगाडि बढाउन एक अपराधी वृद्ध पुरुषको सहारा लिइरहनर्ुपर्छ जस्तो लाग्दैन ।
यस अर्थमा निहिताको प्रेम र रोजाइ असामान्य हो भन्न जोसुकैलाई कर लाग्छ । शोभराजलाई थुप्रै किशोरी, युवती र महिला भेट्न आउ“थे । निहिता स्वयम्ले पनि एक अन्तर्वार्तामा भनेकी थिइन् । शोभराजलाई हजारौं युवती भेट्न आउ“थे । जसमा शोभराजले मलाई मनपराएर प्रेम गरे । मलाई गम्भीर अचम्म लागेको छ- शोभराज हलिवुड, बलिवुड र कलिवुडको कुनै सुपर स्टार त होइन नि -
आर्थिक तथा सामाजिक सुरक्षा र नया“ जीवनशैलीका लागि युवतीले परिपक्व मानिस मनपराउन थालेको अध्ययनहरूले देखाएको छ । हो, प्रेमबारे जतिसुकै आदर्शका कुरा भए पनि व्यावहारिक जीवनमा टिकाउ हुन सा“च्चै गाह्रो छ । मेरो विचारमा दाम्पत्य जीवनको टिकाउ होस् । श्रीमानले सधैं माया गरुन् भन्ने मुख्य उद्देश्य हो । उहिलेका आमाबाबुहरू आफ्ना कन्यालाई पाको उमेरका पुरुषलाई बिहे गर्दिन्थे । यसको उद्देश्य पनि आर्थिक तथा सामाजिक सुरक्षाकै लागि हुन्थ्यो । त्यतिखेर छोरीलाई पढाइ“दैन थियो । परम्परा र संस्कारका नाममा आफ्नै घरभित्र महिलाहरू शोषित-पीडित थिए । यस अर्थमा कमजोर छोरीलाई पाको उमेरका पुरुषस“ग बिहे गर्दिनुको पछाडि आर्थिक र सामाजिक सुरक्षाका लागि थियो । अब समय फेरिएको छ । निहिताजस्ती चेतनशील आधुनिक युवतीले आर्थिक तथा सामाजिक सुरक्षा र नया“ जीवनशैलीकै खातिर आफूभन्दा ४४ वर्षजेठो पुरुषलाई रोज्न जरुरी थिएन ।
कुनै पनि आमाले आफ्नी छोरीको भविष्य सुखी होस् भन्ने चाहनु उसको धर्म हो । यस अर्थमा निहिताकी आमाले आफ्नी छोरीको सुखद भविष्यको परिकल्पना गरेकी छिन् भन्ने कुरामा शंका गर्ने ठाउ“ छैन । तर छोरीभन्दा ४४ वर्षा जेठो त्यसमाथि अपराधीको रूपमा बन्दी जीवन बिताउ“दै गरेका पुरुषस“ग अधिवक्तासमेत रहेकी निहिताकी आमा शकुन्तला थापाले शोभराजलाई कसरी ज्वाइ“को रूपमा परिकल्पना गर्नसकेकी - अझ उनले त विवाहका लागि आफैं पहलसमेत गरेकी छिन् । मेरो विचारमा शकुन्तला थापा एकमात्र त्यस्ती आमा होलिन्- जसले आफ्नो २० वर्षी छोरीले आफूभन्दा ४४ वर्षजेठो शोभराजजस्तो अपराधीस“गको पे्रममा साथ दिइरहेकी छिन् । निहिताको प्रेम र रोजाइप्रति एकपटक उनकी आमाले विचार पुर्‍याउने हो कि -
Posted on: 2008

1 comment:

  1. I M GLAD TO READ TO READ NEPALI ARTICLE IN USA

    RAMCHANDRA

    ReplyDelete