चौतारीगाउ“ र्फकंदैनन् नेता
जुली गुरुङ
चुनाव जितेर जानुभएको कति भयो र - भर्खर सात महिना त भयो नि - यति चा“डै गाउ“ र्फकंदा गाउ“का मानिसहरू छक्क पर्लान्- हाम्रा नेतालाई के भएछ र चा“डै गाउ“ आएछन् भनेर । कि रक्षामन्त्री रामबहादुर थापा -बादल) र सञ्चारमन्त्री कृष्णबहादुर महरा खासा छिरेजस्तै सुटुक्कै गाउ“ पो आउने हो कि र्सवसाधारणको हालखबर बुझ्न सभासदज्यूहरू । त्यो पनि केही दिनका लागि प्रतीक्षा गरौं । नया“ नेपालका नेताहरूको गाउ“ छिर्ने तरिका नया“ पनि त हुन सक्छ नि ।
हुन त यतिबेला सभासदहरूलाई भ्याइनभ्याई छ । सभासद जयपुरी र्घर्तीलाई यतिबेला आफ्ना कार्यकर्ताको राहदानीको सिफारिस गर्दैमा फर्ुसद छैन । कोही बैठक बस्यो कि रोस्टम र्घर्ेन थाल्छन्, कोही जुहारी खेल्न, कोही आन्दोलनमा जाने तयारीमा, कोही देश-विदेशको भ्रमणमा । एक्लै सबै मन्त्रीको प्रतिनिधित्व गर्दै संसद्को बैठकमा ढुक्कसाथ बस्ने गर्नु हुन्छ ।
राजधानीमा नै छ, भएजति सेवा सुविधा, मोटर गाढी, फाइभ स्टार होटल, अनि मानिसको भीडभाड । त्यसैले अन्त गएर भाषण गर्ने कुरै भएन । कहँ“ काठमाडौंमात्र बसेका छौं भन्ने प्रश्न उठ्न सक्छ । केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड) चीन गएर आउनुभयो, अमेरिका पनि छिर्नुभयो, भारत नछिर्ने कुरै भएन । गा“ठी कुरा त्यही छ । अर्थमन्त्री बाबुराम भट्टर्राई पनि अमेरिका पुगेर केही साताअघि नेपाल र्फकनुभयो ।
'चुनाव जितेर गएपछि नेता गाउ“ फर्केनन्, के संविधान लेख्ला माथि लडाइ“ गरेर मर्न लागे' सल्लेरी-७ की छिन्ही ल्हमु शर्ेपाले भनिन् । जिल्लामा भएका समस्याहरू राख्न मन लागे पनि सात महिनासम्म नेता गाउ“का र्सवसाधारणस“ग जनसर्म्पर्कमा नआउ“दा दुःख लागेको शर्ेपाले बताइन् । 'केन्द्रमै लडाइ“ गरेर मर्न लागे कता गाउ“ आउनु' काँगेल-५ र्राई गाउ“का कान्ति थुलुङले भने । चुनाव जितेर गएको सात महिना भयो तर नेताहरूको गाउ“ र्फकने अत्तोपत्तो छैन र्राईले थपे ।
विदेश जान त“छाड-मछाड गर्ने नेताहरू आफ्नै गाउ“मा किन नआउलान् । फेरि देशको नया“ संविधान कोर्ने बेला जनभावनालाई समेट्ने, समावेशी संविधान निर्माणमा जनताको भावनाको कदर गर्नुपर्छ भन्ने कुरा उठिरहेका बेला । संविधानमा जनताको आवाजको प्रतिनिधित्व संविधानसभाद्वारा भएको छ वा छैन भनी जानकारी लिनु समग्र र्सवसाधारण जनताको सरोकारकै विषय हो ।
'जिल्लाबाट कतिजना सभासद छन् । कुन-कुन पार्टर्ीीट को-को छन् अझै हामी कन्फ्युज छौं,' नेले-७ का प्रभुराम बस्नेतले भने । हार्नेले राजनीति छोड्ने भए, जित्नेले केन्द्र तोड्ने भए । सभासद कतिजना को-को भन्ने विषयमा विभिन्न राजनीतिक दलका नेताहरूको चासो बढ्नुपर्ने, जनतालाई जानकारी गराउनुपर्नेमा सेलाएको छ । जिल्लास्थित राजनीतिक दलको चहलपहल चुनावअघि गम्किए पनि चुनावपछि सुस्ताएको छ । सुस्ताएको हर्ेदा लाग्छ चुनाव हार्नेको देश निर्माणमा उत्तरदायित्व नै सकियो । यदि जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने राजनीतिक पार्टर्ीी नेता भए सा“च्चै जिल्लाका सभासद चिन्न जनतालाई गाह्रो पर्ने थिएन होला ।
चुनावअघि नेताहरूको गाउ“ भ्रमण राम्रै भयो । आचारसहिंताले बोल्ने कुरा पनि बोले नबोल्ने कुरा पनि बोले । नेताका फोटो र पम्प्लेट एकमाथि अर्को देखिन्थे । गाउ“मा कार्यक्रम र सभा गर्ने ठाउ“ हु“दैन थियो । एकै स्थानमा कार्यक्रम जुझ्दा झडप भएर ज्यानसमेत गएको थियो । एक अर्कालाई गर्ने गाली गलौज सुनेर र्सवसाधारणहरू वाक्क भएका थिए । 'संविधानसभाको चुनावअघि सभासदहरूले जिल्लावासीसामु गरेका प्रतिबद्धताहरू कतिहदसम्म संविधानसभामा कार्यान्वयन पक्षमा लैजान सफल भए भन्ने जानकारी पनि जिल्लावासी जनताले पाएका छैनन्,' गार्मा-८ का दावातेन्जी लामाले भने । चुनावअघि गाउ“-गाउ“ भोट माग्दै हि“ड्ने नेताहरू चुनाव जितेपछि गाउ“ फर्केका छैनन् । चुनावअघि नेताहरू सहर जा“दैनन् । चुनावपछि नेताहरू गाउ“ आउ“दैनन् ।
जिल्लाबाट विजयी भएर गएका सभासदहरू संविधानसभाको निर्वाचनपछि एकपटक पनि गाउ“ फर्केका छैनन् । जिल्लाका र्सवसाधारणस“ग भेटघाट र छलफल त टाढै भयो, मतदातालाई बिर्सर्ेेतो छ । भोट माग्ने बेला नचिन्ने मान्छे पनि चिनेका हुन्छन्, नदेखेको मान्छे पनि देखेझैं गर्छन् । चुनाव सकियो मतदाता त टाढै भयो गाउ“ जाने कुराको अत्तोपत्तो छैन । सभासदहरूले भत्ता पाएकै छन् । मतदाताले भत्ता खाने र सत्तामा पुर्याउने काम गरेकै छन् । मुलुकको नया“ संविधान लेख्न पठाएका सभासदहरू अरू केही नगरे पनि बेलाबेलामा संसद् बैठक अवरुद्ध गर्ने, जुहारी खेल्ने, टीकाटिप्पणी गर्ने काममा भने साह्रै व्यस्त र खप्पिस छन् । यसरी लागिपर्ने हो भने नया“ संविधानमा पनि जनताका आवाज अटाउला भन्न सकिन्न । किनभने सात महिनामात्र त भयो सभासदहरूले जिल्लावासी नागरिकहरूलाई नभेटेको ।
No comments:
Post a Comment